ग्रामिणको साधारण सभा सम्पन्न

144

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा रहेको ग्रामिण नारी उत्थान संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको आफ्नै हलमा मंगलबार भएको कार्यक्रम संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यता रहेको थियो । वार्षिक साधारण सभाको अवसरमा आगामी वर्षका लागि छ करोड २२ लाख ८५ हजार ४ सय ९६ रुपैँया बराबरको कारोबार गर्ने लक्ष्य रहेको पनि जानकारी गराईएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आन्तरिक कोषबाट आठ लाख नब्बे हजार पाँच सय ७९ रुपैँया र परियोजना अनुदान वापत छ करोड तेह्र लाख ४६ हजार तिन सय ६१ रुपैँया गरी जम्मा छ करोड २२ लाख ३६ हजार नौँ सय ४० रुपैँया मध्येबाट समुन्नति परियोजना अन्तर्गतका कार्यक्रमहरुमा पाँच करोड पाँच लाख ४ सय ७० रुपैँया र वियोन्ड द फिनिस लाईन अन्तर्गत एक करोड २९ लाख ६२ हजार १७ रुपैँया बराबरको खर्च भएको जानकारी गराईएको थियो ।

साधारण सभाको अवसरमा संस्थाले आफ्ना छ जना उत्कृष्ट कर्मचारी र तिन जना साधारण सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले कर्मचारीहरु ऋषिराम चौलागाई, देवनारायण ठाकुर, चन्द्रकान्त शर्मा, भवानी कार्की, राम विश्वास चौधरी र विनिता यादव तथा संस्थाका साधारण सदस्य सिता बराल, धर्मशिला चौधरी र बिमला ओलीलगायतलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले बताए । यसैगरी साधारण सभामा संस्थाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले, एसएनबि नेपालकी प्रतिनिधि अम्बिका यादव लगायतको उपस्थिती रहेको पनि संस्थाका उपाध्यक्ष चालिसेले जानकारी दिए ।