खेलकुद मन्त्रीले बाँडे साइकल

251
छात्रालाई साईकल हस्तान्तरण गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह ।

धनकौल – प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले सोमबार छात्राहरुलाई साईकल वितरण गरेका छन् ।

मन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने धनकौल गाउँपालिकाभित्रका दुईवटा विद्यालयमा छात्राहरुलाई साइकल वितरण गरेका हुन् । धनकौल गाउँपालिका–४, महिनाथपुर स्थित आधारभूत विद्यालय र धनकौल गाउँपालिका–१, धोबिनियाँ स्थित आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई मन्त्री सिंहले साईकल प्रदान गरेको बताईएको छ ।

प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बढाऊ अभियान’ अन्तर्गत मन्त्री सिंहले साइकल वितरण गरेका हुन् । उनले यसअघि बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाकाको विभिन्न विद्यालयमा पनि प्रमुख अतिथिका रुपमा छात्राहरुलाई साइकल वितरण गरेका थिए ।