सोल्टी बजारमा जारी ईन्द्रजात्रा मेला महोत्सवमा भोली खुल्ला नृत्य प्रतियोगिता

356
महोत्सव आयोजना स्थल ।

सोल्टी – सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा जारी ४८ औं इन्द्र जात्रा मेला महोत्सवमा भोली (सोमवार) प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।

प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको भोली प्रदेश स्तरिय खुल्ला नृत्य प्रतियोगीता गर्न लागिएको महोत्सव आयोजक समितीका अध्यक्ष टिका दर्लामीले जानकारी दिए । नृत्य प्रतियोगिताको निर्णायकमा सोजन यदुबंशी र हेमराज गजमेर रहने भएका छन् ।

महोत्सवका अध्यक्ष दर्लामीका अनुसार प्रतियोगिताको बिजेताले ४० हजार ५ सय, उपबिजेताले २१ हजार ५ सय र तेस्रो हुनेले ११ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप पाउने छन् ।

सोल्टी यूवा क्लव र बागमती उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव चलिरहेको हो । महोत्सव आयोजनाको लागि बागमती नगरपालीकाको कार्यालय ,व्यापारी, विभिन्न संघ संस्था तथा स्थानीयको व्यक्तिगत सहयोग रहेको बागमती ८ का वडा सदस्य कृष्णदेव कुशवाहाले बताए ।