सचेतना जगाउँदै बागमतीमा तरुण दलले मास्क बाँड्यो

88

बागमती – नेपाली कांग्रेस निकट नेपाल तरुण दलले मंगलवार सर्लाहीको बागमतीमा कोरोना संक्रमणसम्वन्धि सचेतना जगाउँदै मास्क वितरण गरेको छ ।

तरुण दलको बागमती नगरपालिका ११ नं. वडाको समितिले सचेतना जगाउने उद्देश्यले पैदलयात्री र स्थानीयवासीलाई मास्क वितरण गरेको हो । बागमती ११ र १२ स्थित पुतली चौकदेखि बागमती खोलाको पुलसम्म पैदलयात्री, सवारीका चालक तथा सहचालक र स्थानीयहरुलाई मास्क वितरण गरिएको तरुण दलका वडा सभापति प्रकाश केसीले जानकारी दिए ।

केसीकै अध्यक्षता तथा बागमती नगरपालिकाका कांग्रेस सभापति दीपक कुमार रानाभाटको प्रमुख आतिथ्यतामा कोरोना भाईरस विरुद्ध सचेतनामूलक कार्यक्रमसहित मास्क वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेसका नगर सभापति रानाभाटले संघारमा आइसकेको वडा अधिवेशनमा सबै वडामा सर्वसम्मत नेतृत्व चयनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल जोगेन्दरको समेत उपस्थिति रहेको थियो ।