‘द भ्वाइस अफ नेपाल’को टप १० मा पुगेका सर्लाहीका कर्णराजद्वारा भोटका लागि अपिल

122

हजरिया – गीतसंगीतमा आफ्नो भविष्य देखिरहेका युवा संगीतकर्मी कर्णराज गिरी यतिबेला गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको टप १० मा पुगेका छन् ।

सर्लाहीको हजरिया निवासी कर्ण चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को टप १० मा पुग्ने सर्लाही मात्र नभई प्रदेश नम्बर २ कै एक्ला प्रतियोगी हुन् । संगीत प्रतिको सम्पर्णकै कारण ब्लाइन्ड , ब्याटल र नकआउट चरण पार गर्दै कर्ण भोटिङ राउण्डसम्म पुगेका कर्णले जिल्लावासीसंगै प्रदेशवासीलाई पनि भोट गर्न अपिल गरेका छन् ।

उनले शोमा अबको यात्रा भोटमै निर्भर रहेकाले भोट गर्न अपिल गरेका हुन् । टप १२ बाट टप १० मा पुग्दा उनले गाएको गीतले निर्णायक मण्डलको मन जितेको थियो । निर्णायकले तारिफ गरेता पनि भोट विना यात्रा असम्भव रहेको कर्णले बताए ।

‘मलाइ जिल्लावासीले माया गर्नु भएको छ , त्यो थाहा छ । तर अब अझै माया बढाउन आग्रह गर्दछु’ उनले भने । आफ्नो संगीतको परिश्रमले विस्तारै यात्रालाई सहज बनाइरहेको कर्णले बताएका छन् । ‘मेरो मेहनतले सफलता पाउने आधारनै तपाइँहरुको मत हो । त्यसैले आफ्नो अमुल्य मतका लागि जिल्लावासी तपाइँ सम्पूर्णसंग अपिल गर्दछु’ कर्णले भने ।

उनि जिल्ला नभई प्रदेशबाट आउने मायामा विश्वस्त छन् । ‘देशभरका गायकहरुसंग प्रतिष्पर्धा गर्दै तय गरेको यात्रालाई अगाडी बढाउने अभिभारा अब दर्शकमा गएको छ’ उनले भने ,’मेरो गायनले निर्णायक झैँ दर्शकहरूको पनि मन जितिरहेको छ भन्नेमा आशावादी छु ।’

सांगीतिक यात्रा अगाडी बढाउन ट्याक्सी चालक समेत बनेका कर्णले औपचारिक शिक्षा हजरिया स्कुलबाट नै लिएका हुन् ।

उनलाई प्रभु पे एप मार्फत पनि भोट गर्न सकिन्छ । उक्त एपमा ०७ (07) मा भोट गर्नु पर्ने हुन्छ । यस्तै , मोबाइलबाट पनि म्यासेज बक्समा 07 टाइप गरेर 37000 मा सेन्ड गर्नु पर्ने हुन्छ । उनलाई टप ९ मा पुर्याउन शुक्रबारसम्म र टप ८ मा पुर्याउन शनिवार दिनभर भोट गर्नु पर्ने हुन्छ ।