राजर्षि जनक कप :आयोजक बागमती सेमिफाइनलमा

नवराज अधिकारी, बागमती, चैत २६ – आयोजक बागमती नगरपालिका ५ औँ राजर्षि जनक कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान जारी प्रतियोगिता अन्तर्गत बिहिवार अन्तिम क्वाटरफाइनल खेलमा नव जनजागृति युवा क्लब सीमरालाई ३–० गोलले पराजित गर्दै आयोजक बागमतीले प्रतियोगिताको अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । बागमतीले अब शनिवार विभागिय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने छ ।

आयोजकको जितमा खेलको २२ औँ मिनेटमा विदेश खेलाडी स्टेफनले गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको ६३ औँ र ७६ औँ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सवेलले गोल गरे ।

बिहिवारको खेलमा बिजेता टिम बागमती नगरपालिकाका क्याप्टेन बिजय घलान म्यान अफ दिन म्याच बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सुक्रवार पाहुना टोली अफ्रिकन रुट्स एशोसिएन क्यामरुन र पिप्ले युवा क्लब हेटौंडाले पहिलो सेमिफाइनल खेल खेल्ने छन् ।

चैत ३० गते फाइनल खेल हुने प्रदेश २ कै सर्वाधिक पुरस्कार राखीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।