प्रारम्भिक साक्षरता तथा गणितिय सीप विकास क्षमता अभिवृद्धि तालिम सुरु

बयलवास – सर्लाहीको ईश्वरपुरमा मंगलवारदेखि बाल विकास केन्द्र रहेका विद्यालयका बाल विकास शिक्षकहरुका लागि प्रारम्भिक साक्षरता तथा गणितिय सीप विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

८ दिने तालिम ग्रामीण नारी उत्थान संघको आयोजना, ईश्वरपुर नगरपालिकाको समन्वय र सेभ द चिड्रेनको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिममा बाल विकास केन्द्र रहेको २९ वटा विद्यालयका बाल विकास शिक्षक सहभागी छन् ।

सहभागीहरुलाई अनिता शर्मा र झल कार्कीले प्रशिक्षण प्रदान गर्ने आयोजकले जनाएको छ । तालिमको मंगलवार बिहान गोमादेवी न्यौपानेको अध्यक्षतामा उद्घाटन गरिएको थियो भने परियोजनाका संयोजक रामबाबु साह र संचारकर्मी प्रकाश मैनालीले मन्तव्य राखे ।