परवानीपुरको जनज्योति आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन

व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारी र अभिभावक भेलामा उपस्थित अन्य ।

परवानीपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको जनज्योति आधारभूत विद्यालय भोर्लेनीमा व्यवस्थापन समिति गठन गरिएको छ ।

सुक्रवार सम्पन्न अभिभावक भेलाबाट पदम श्रेष्ठ अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १० सदस्यीय विद्यालय व्यवस्थापन गठन गरिएको हो । नवगठित व्यवस्थापन समितिको सदस्यहरुमा नीरबहादुर कार्की, संचर सुनुवार, मधु घलान, भगवती फुँयाल, पवित्रा परियार, संगिता श्रेष्ठ, एकुमाया गुर्मछान र इन्द्रबहादुर बस्नेत छन् ।

वडाध्यक्ष गणेशबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित अभिभावक भेलामा वडा सदस्यहरु इन्द्रबहादुर बस्नेत र भक्तमाया सुनुवार, नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि रुपेश चौलागाई, निमित्त प्रधानाध्यापक पदमकुमार खड्का, पूर्व व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर सुनुवार, स्थानीय भद्रभलाद्मी, वुद्धिजिवी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।