उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा साह विजयी

उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा विजयी मनोज साह ।
उद्योग वाणिज्य संघ ईश्वरपुरको पदाधिकारी एवं सदस्यमा सर्बसम्मत निर्वाचितहरु ।

बयलवास – उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा मनोज साह विजयी भएका छन् ।

आईतवार साझँ सम्पन्न मत परिणाम अनुसार साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी मिथिलेस प्रसाद यादवलाई ८३ मतले पछाडी पारेका हुन् । विजयी साहले १७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी यादवले ८७ तथा अर्का प्रत्यासी रामचन्द्र साहले ८ मत प्राप्त गरे ।

संघमा आवद्ध २८१ जना व्यवसायी मध्ये २६६ जनाले मतदान गरेका थिए । एक मत भने बदर भएको संघले जनाएको छ । आईतवार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।

अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा सहमती जुट्न नसकेपछि चुनाव नै गर्नु परेको थियो
। संघको उपाध्यक्षमा दुर्गा अधिकारी, महासचिवमा विनोदप्रसाद साह, कोषाध्यक्षमा शारदा मैनाली, सचिवमा सन्तोष कुमार राय, सदस्यहरुमा नवीन सिलवाल, प्रमोद साह, नागेन्द्र साह, रामनाथ महतो, आकाश कुमार यादव र जितेन्द्र साह यस अघि नै सर्वसम्मत रुपमा चयन भएका थिए ।

नवनिर्वाचित अध्यक्ष साहले ईश्वरपुर नगरपालिका भित्रका उद्योगी व्यापारीको हकहितमा सकृय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनी नेपाली कांग्रेसका सकृय कार्यकर्ता समेत हुन् ।