उद्योग वाणिज्य संघ बयलवासको अध्यक्षका लागि मतदान सकियो, साँझ ६ बजेदेखि मतगणना

बयलवास – सर्लाहीको ईश्वरपुर उद्योग वाणिज्य संघ बयलवासको अध्यक्षका लागि आइतवार दिउँसो मतदान सम्पन्न भएको छ ।

संघमा दर्ता भएका २८१ जना व्यवसायीमध्ये २६६ जनाले मतदान गरेका छन् । आइतवार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।

मतगणना आइतवार साँझ ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य संघ बयलवासका वर्तमान अध्यक्ष विष्णुहरि मैनालीले जानकारी दिए । उद्योग वाणिज्य संघको अध्यक्षका लागि मनोज साह, मिथिलेस प्रसाद यादव र रामचन्द्र साह चुनावी मैदानमा छन् ।

अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा सहमती जुट्न नसकेपछि चुनाव नै गर्नुपरेको हो । संघको उपाध्यक्षमा दुर्गा अधिकारी, महासचिवमा विनोदप्रसाद साह, कोषाध्यक्षमा शारदा मैनाली, सचिवमा सन्तोष कुमार राय, सदस्यहरुमा नवीन सिलवाल, प्रमोद साह, नागेन्द्र साह, रामनाथ महतो, आकाश कुमार यादव र जितेन्द्र साह रहेका छन् । उनीहरु सबैजना सर्वसम्मत निर्वाचित भएका हुन् ।