नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा भट्टराई

हरिवन – नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा डोरप्रसाद भट्टराई चयन भएका छन् ।

शनिवार हरिवनमा सम्पन्न संस्थाको नवौँ साधारण सभा एवं तेस्रो जिल्ला अधिवेशनले नेपाली काँग्रेस सर्लाहीको जिल्ला सह–सचिव समेत रहेका भट्टराईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिमा श्यामबाबु कार्की उपसभापति, हरिलाल मैनाली सचिव, सुरेश भट्टराई कोषाध्यक्ष, चिरञ्जीवी भट्टराई सह–सचिव, सञ्चिता घिमिरे, डाकुरनाथ भट्टराई, मीना रिजाललगायत सदस्य छन् । स

ंस्थाका अध्यक्ष इन्द्र पाठकको अध्यक्षता तथा केन्द्रीय सदस्य राजकिशोर यादवको प्रमुख आतिथ्यतामा साधारण सभा एवं अधिवेशन सम्पन्न भएको हो । संस्थाले क्षयरोग (टिबी) बारे प्रचारप्रसार गर्नुका साथै यस क्षेत्रका बिरामीलाई विराटनगर, काठमाण्डौं र नेपालगञ्जमा रहेका अस्पतालसम्म पु¥याएर निःशुल्क उपचार गर्ने वातावरण मिलाउँदै आएको छ ।