जीपी कोइराला अध्ययन केन्द्र सर्लाहीको अध्यक्षमा मनिष

मनिष रायमाझी

हरिवन – जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाको अध्यक्षमा नेपाली कांग्रेस निकट नेविसंघका सकृय युवा मनिष रायमाझी मनोनित भएका छन् ।

हरिवन नगरपालिका–९ नयाँरोड निवासी रायमाझीलाई जीपी कोइराला अध्ययन केन्द्र काठमाडौंले सर्लाही शाखाको अध्यक्षमा मनोनित गरेको हो । संस्थाका केन्द्रीय अध्यक्ष रामप्रसाद अधिकारी र महासचिव निरञ्जन थापाद्वारा हस्ताक्षरित पत्रानुसार रायामाझी सर्लाही शाखा अध्यक्षमा मनोनित भएका हुन् । संंस्थाका सल्लाहकार एवं नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको उपस्थितिमा संस्थाका महासचिव निरन्जन थापा र अध्यक्ष राम प्रसाद अधिकारीले मनोनित पत्र हस्तान्तरण गरेका छन् ।

‘तपाईंले यस अध्ययन केन्द्रको विधानमा रही राष्ट्रिय राजनितिका महानायक गिरिजा प्रसाद कोइरालाले पुर्याउनु भर्एको यो गदानको पछिल्लो पुस्तासम्म लैजान अग्रजहरुको सल्लाह र जिल्ला स्थित विभिन्न राजनितिक दल, संघ संस्थासँग समेत समन्वय गरेर आफ्नो काम गतिविधि संचालन गर्नुहुन अनुरोध गर्दै तपाईंको आगामी भविष्यको प्रगतिको कामना गर्दछौं ।’ रायमाझीले मनोनित गरिएको पत्रमा भनिएको छ । संस्थाले दिएको जिम्मेवारी अनुसार सकृय रुपमा काम गर्ने रायमाझीले जानकारी दिए । रायमाझी सर्लाहीमा नेपाल विद्यार्थी संघका सकृय युवा हुन् ।