शिक्षकहरुले दिए हरिवन नगरपालिकामा ज्ञापन

ज्ञापनपत्र बुझाएपछि मेयर प्रसाईं लगायतसँग सामुहिक तस्बिर खिचाउँदै महासंघको टोली । (तस्बिर : उज्यालो अभियान)

हरिवन – शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ हरिवनले हरिवन नगरपालिका कार्यालयमा आईतबार विभिन्न माग सहित ज्ञापन पत्र पेश गरेको छ ।

सार्वजनिक शिक्षा र शिक्षक कर्मचारीहरुको पेशागत हित र क्षमता अभिवृद्धिका विभिन्न ९ बुँदे माग सहित शिक्षक महासंघ हरिवनका अध्यक्ष अध्यक्ष पुष्कर बुढाथोकी नेतृत्वको शिक्षक तथा कर्मचारीहरुको टोलीले मेयर गणेश प्रसाद प्रसार्इँ तथा प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन महासंघ हरिवनका सचिव नेत्र विक्रम कार्की(राजन) लगायत शिक्षकहरुको समेत उपस्थिती रहेको थियो । ज्ञापन पत्रमा राखिएका मागहरु अत्यन्तै संवेदनशिल र आवश्यक भएकाले तत्कालै समाधान गर्न ज्ञापन पत्रमा माग गरिएको छ । हरिवन नगरपालिकाको सार्वजानिक शिक्षा र त्यसमा संलग्न शिक्षक कर्मचारीहरुलाई हौसला प्रदान गर्नको लागि ज्ञापन पत्र पेश गरिएको महासंघले जनाएको छ ।

मागहरु अत्यन्तै जायज भएको र यसको समाधानको लागि नगरपालिका अति गम्भिर भएर तत्कालै लाग्ने प्रतिबद्धता नगर प्रमुख प्रसाईंले गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।