पोखरेलद्वारा वृद्धाश्रममा भोजन

फाईल तस्बिर

जुटपानी – लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रममा एक परिवारले आईतबार भोजन गराएको छ ।

हरिवन नगरपालिका–९ नोचा निवासी प्रतीक पोखरेलले आफ्ना स्वर्गीय परशुराम पोखरेलको १३ औं वार्षिक पुण्य तिथिको अवसरमा वृद्धाश्रममा भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । वृद्धाश्रममा आश्रीत वृद्धवृद्धा सहित सम्पूर्णलाई मिष्ठान्न भोजन गराएको भन्दै अध्यक्ष कोइरालाले पोखरेल परिवारप्रति आभार प्रकट गरेकी छिन् । पछिल्लो समय मिष्ठान्न भोजन गराउने सहित अन्य विभिन्न सहयोगको निकै लहर चलेका कारण वृद्धाश्रम सञ्चालनमा निकै टेवा पुगेको आश्रमले जनाएको छ ।