चेम्बरको प्रदेशमा हरिवनका लुईंटेल र पोते पनि

कार्यक्रममा सम्मान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्यमा हरिवनका दुईजना व्यापारी चयन भएका छन् ।

चेम्बर अफ कमर्स सर्लाहीका महासचिव टोपराज लुईंटेल र हरिवनका चर्चित व्यापारी दिनेश ओम पोते कमर्सको प्रदेश दुई कमिटी सदस्यमा चयन भएको प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णजंग कार्की(निराजन) ले जानकारी दिए । कार्कीका अनुसार शनिबार जनकपुरमा नवमनोनित दुईजना सहित प्रदेश कमिटीका सबै पदाधिकारीलाई सम्मान एवं प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रदेश कमिटीका पदाधिकारी सहित सदस्यहरुलाई सम्मान एवं प्रमाणपत्र वितरण गरेका हुन् । प्रदेश अध्यक्ष पवनकुमार ठाकुरको अध्यक्षता रहेको कार्यक्रममा चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधान लगायतको उपस्थिती रहेको थियो ।