अल बिदा ! अल बिदा !! अल बिदा !!!

स्व. डाचाराज वाग्ले ।

अभिभावक गुमाउँदाको पीडा
म कसरी शब्दमा बयान गरूँ
मेरो भावना चुँडिएको छ
मेरो छाती चिरिएको छ
नयाँ जनसमरको योद्धा
नयाँ समाज निर्माणको सहयात्री योद्धा
मेरो प्यारो आदरणीय नेता
मेरो प्यारो वर्गीय नेता
मेरो प्यारो जन आन्दोलनको नायक
मेरो प्यारो सर्लाही जिल्लाको जनसङ्घर्षको कमाण्डर
गुमाउँदाको पीडा शब्दमा बयान गर्न सक्दिनँ
सर्वहारा वर्गको प्यारो मान्छे
हाम्रो प्यारो आस्थाका घेराहरू
अन्धकारको विरुद्ध सामन्तवादको विरुद्ध
उज्यालोको पक्षमा लड्दा लड्दै
क्रान्तिकारी विचार पस्कँदा पस्कँदै
हाम्रो सामुबाट चुँडाएर लग्यौ
दैव तिमी कति निष्ठुरी बन्य
सन्ध्याकालीन रातमा बिच सडकमा
कसरी ढालेर लग्यो, कसरी चुडालेर लग्यौ
हाम्रो साहसिक निडर योद्धालाई
हाम्रो प्यारो मान्छेलाई
मेरो प्यारो अग्रजलाई
दैव तिमीलाई कहिले माफ हुने छैन
प्रतिगमनको विरुद्ध आवाज उठाउँदा उठाउँदै
अग्रगमनको पक्षमा आवाज बुलन्द पार्दा पार्दै
हामीबाट चुँडेर लग्यौ
मेरो प्यारो मान्छेलाई
मेरो प्यारो अग्रजलाई
देश र दुनियाँको खातिर
महान वीर पुरुष बनेर गय
आफ्नो अमूल्य जीवन उत्सर्ग गरेर गयौ
इतिहासमा कहिले नमेटिने गरी
सुनौलो रातो अक्षरमा लेखेर गए
कहिले नअस्ताउने तारा बनेर गए
आज
ती महान मान्छेलाई नदेख्दा
मेरो मुटु टुक्रा टुक्रा भएको छ
मेरो हृदय भतभती पोलेको छ
मेरो वक्षस्थलहरु छिया छिया भएको छ
मनका भक्कानाहरू फुटिरहेको छ
मन समाल्न गाह्रो भइरहेको छ
मेरो आदरणीय नेतालाई
म कहिले भुल्ने छैन
सधैँ सधैँ उच्च सम्मान र कदर गरिरहने छु
सधैँ सधैँ सम्झी रहने छु इतिहास निर्मातालाई
कहिले बिर्सने छैन
सदा सदा सम्झी रहने छु
मेरो एक मुठ्ठी सास रहुञ्जेल
मेरो अग्रजले छाडेर गएको विचार ग्रहण गरिरहने छु
म वाचा गर्छु, मेरो अग्रजको सपना पूरा गरी रहने छु
म कहिले भुल्ने छैन
म कहिले बिर्सने छैन
कमरेड डाचाराज वाग्ले दाजु
मेरो मनको दाजु
मेरो हृदयको दाजु
मेरो राजनीतिक अभिभावक
अल बिदा ! अल बिदा !! अल बिदा !!!
कमरेड डाचाराज वाग्ले हार्दिक श्रद्धाञ्जली
नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज स्व. डाचाराज वाग्लेको सम्झनामा

– लेखक सन्देश श्रेष्ठ, सर्लाही

(तत्कालिन माओवादी जनयुद्धकालिन जनमुक्ति सेनाका कमाण्डर समेत रहेका लेखक श्रेष्ठ हाल नेकपा सर्लाहीका नेता हुन् ।)