हरिवनमा आजबाट नगरस्तरिय वडाकप फुटबल सूरु, लालबन्दीमा दुई वडा विजयी

उद्घाटन समाराेहमा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालाे अभियान)
रेफ्री सिंदालीलाई फुटबल प्रदान गरेर खेल उद्घाटन गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

सन्जु कर्ण/हरिवन – हरिवनमा आज(बिहीबार) देखि नगर स्तरिय वडाकप नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ ।

आज दिउँसाे भएकाे उद्घाटन खेलम हरिवन नगरपालिका वडा नं. ६ विजयी भएको छ ।  वडा नं. ८ लाई सुन्यका विरुद्द १ गोल गर्दै वडा नं. ६ विजयी भएको हो । उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ६ का राहुल घिसीङ्ग म्यान अफ दि म्याच घाेषित भए । शुक्रबार वडा नं.१० र वडा नं.११ बिच खेल हुने प्रतियोगिताका संयोजक लण्डन खड्काले जानकारी दिए ।

हरिवन नगरपालिका कार्यालयको सहयोगमा हरिवन युथ क्लबले प्रतियाेगिता आयोजना गरेकाे हाे ।  हरिवन नगरपालीका भित्रका ११ वटै वडा तथा आयाेजक गरी १२ टिमहरु सहभागी रहने प्रतियोगिताका विजेताले नगद ५० हजार सहित प्रथम शिल्ड मेडल प्रमाणपत्र तथा उप विजेताले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियाेगिताकाे फाईनल खेल फागुन १७ गते हुनेछ ।

खेल सूरु हुनुअघि एक समाराेहबीच प्रतियोगिताको उद्घाटन हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईँले गरेका थिए । रेफ्री रंजन सिंदालीलाई फुटबल हस्तान्तरण गरेपछि खेल सूरु भएकाे थियाे । आयाेजक क्लबका अध्यक्ष प्रज्वल ढुङ्गानाको अध्यक्षता रहेको कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल तथा अतिथीहरुमा हरिवन नगरपालिकाका सबै वडाका वडाध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । सनराईज बाेर्डीङ स्कुलमा आयाेजित प्रतियाेगिता उद्घाटन समाराेहमा नेपाली कांग्रेस जिल्ला सहसचिव डाेरप्रसाद भट्टराई, हरिवन उपसभापति डाकुरनाथ खतिवडा, सनराईजका संस्थापक ज्ञानप्रसाद पाेखरेल, नेकपा नेताहरु विदुर प्याकुरेल, अञ्जना कडरिया, अनिल हमाल लगाएतकाे उपस्थिती थियाे ।

यसैबिच लालबन्दी नगरपालिकामा आयाेजित नगरस्तरिय वडाध्यक्ष कप फुटबल प्रतियाेगिता अन्तर्गत विहिबारको खेलमा वडा नं. १६ र ५ सेमिफाइनलमा प्रवेश गरेका छन् । वडा नं. १६ ले वडा नं. ९ लाई २–० र वडा नं. ५ ले आयोजक वडा नंं. १० लाई १–० गोलले पराजित गरेको हो । पहिलो खेलमा वडा नंं. १६ का सदन दाहाल तथा दोस्रो खेलमा वडा नं. ५ का गोलकिपर मनिष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । 

चन्द्रपुरमा जारी प्रतियोगिता अन्तर्गत भोली(शुक्रबार) दिउँसो १ बजे वडा नं. १५ र ६ तथा दिउँसो ३ बजे वडा नं. ८ र १६ ले खेल्नेछन् ।   प्रतियोगितामा पहिलो हुने वडाले ७० हजार र दोस्रो हुने वडाले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल ११ गते हुने सह–आयोजक नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले जानकारी दिए ।