हरिवनमा ल्होछारको दुई दिन सार्बजनिक बिदा

हरिवन – तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हरिवन नगरपालिका कार्यालयले दुई दिन सार्बजनिक बिदा दिएको छ ।

समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्ने २८५७ औं सोनाम ल्होछार पर्व मनाउँदै छन् । सोही पर्वका अवसरमा हरिवन नगरपालिकाले माघ २९ र ३० गते दुई दिन सार्बजनिक बिदा दिएको हो । ‘तामाङ समुदायको राष्ट्रिय सांस्कृति पर्व सोनाम ल्होछार पर्व २८५७ लाङ ९म्हे० ल्होको अवसरमा मिति २०७७।१०२९ गते विहिबार र २०७७।१०।३० गते शुक्रबार समेत ९दुई दिन० यस हरिवन नगरपालिका भित्रका सबै सरकारी कार्यालयहरु, सार्बजनिक संघरसंस्थाहरु तथा शिक्षण संस्थाहरुमा हरिवन नगरपालिकाको निर्णय अनुसार सार्बजनिक बिदा हुने व्यहोरा सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।’ हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालद्वारा हस्ताक्षरित सार्बजनिक सूचनामा भनिएको छ ।

यसअघि नेपाल तामाङ घेदुङ हरिवनले माघ २९, ३० र फागुन १ गते गरी तीन दिन सार्बजनिक बिदा दिन नगरपालिकालाई लिखित आग्रह गरेको थियो । संघीय सरकारले पनि ल्होछारकै अवसरमार देशभरी माघ ३० गते सार्बजनिक बिदा दिईसकेको छ । तामाङ समुदायको कला, संस्कृतिको जगेर्ना गर्न टेवा पुगोस् र उक्त समुदायले हर्षोल्लास पूर्वक ल्होछार पर्व मनाउन भन्ने उद्धेश्यले दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए ।

यो पनि पढ्नोस्

हरिवनमा ३० गते भव्य ल्होछार महोत्सव हुने पक्का

लालबन्दीमा सोनाम ल्होछारको भव्य महोत्सव हुने

संचारकर्मी समेत रहेका नेपाल तामाङ घेदुङ हरिवनका अध्यक्ष राजु लो तामाङले सार्बजनिक बिदा दिएकामा हरिवन नगरपालिका कार्यालय प्रति आभार प्रकट गरेका छन् । सार्बजनिक बिदाले तामाङ समुदायलाई हर्षोल्लास पूर्वक ल्होछार पर्व मनाउन निकै टेवा पुग्ने तामाङले विश्वास व्यक्त गरे ।

ल्होछार पर्वको अवसरमा हरिवनको सूर्तिबिकास चौरमा माघ ३० गते देशकै चर्चित र्यापर भिटेन लगायत कलाकारहरु ल्याएर नेपाल तामाङ समूह हरिवनले एकदिने बृहद् ल्होछार सांस्कृतिक कार्यक्रम समेत गर्दैछ । त्यस्तै लालबन्दीमा पनि ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङको आयोजनामा माघ ३० गतेदेखि फागुन ४ गतेसम्म सांस्कृतिक महोत्सव हुँदैछ ।