सशस्त्र प्रहरीद्वारा लागूऔषध सहित एकजना पक्राउ

हरिवन – सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पको टोलीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको अवस्थामा मंगलबार साँझ लागूऔषध सहित मलंगवा नगरपालिका–४ निवासी ४१ वर्षीय सुरेन्द्र यादवलाई सशस्त्र पहरीले पक्राउ गरेको हो । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा चेकजाँच गर्ने क्रममा BR-06-BT-7494 नम्बरकाे भारतीय मोटरसाईकलमा लागूऔषधको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित ७५ बोतल वीन्सिरेक्स सहित यादवलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट सामसुङ कम्पनीको ग्यालेक्सी जे टु प्राईम मोडेलको मोबाईल सेट, ६१५ रुपैंया नगद समेत बरामद् भएको छ । सशस्त्र प्रहरी बेस क्याम्प हरिवनका सशस्त्र प्रहरी सहायक निरीक्षक गोकर्ण राज भट्टराईको कमाण्डमा खटिएको टोलीले यादवलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । बरामद् लागूऔषध, मोटरसाईकल लगायत सामान सहित यादवलाई आवश्यक कार्बाही प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाईएको सशस्त्र प्रहरी बेस क्याम्प हरिवनले जनाएको छ ।

फोटो क्याप्सन : सशस्त्र प्रहरी हरिवन बेस क्याम्पको टोलीले मंगलबार साँझ जुटपानीबाट बरामद् गरेको लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा परेका यादव । (तस्बिर सौजन्य : सशस्त्र प्रहरी)