साईबर क्राईम विरुद्ध लालबन्दी प्रहरीको प्रशिक्षण

134

लालबन्दी– ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले लालबन्दी–५, मा रहेको एभरेष्ट एकेडेमीमा समुदाय–प्रहरी–साझेदारी अन्र्तगत सुरक्षा चेतना सम्बन्धि प्रशिक्षण दिएका छन् ।

सो क्रममा प्रहरी निरिक्षक थापाले साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध, साइवर बुलिङबाट पर्ने असर, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिएका थिए । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरुलाई सहभागि गराई प्रशिक्षण सम्पन्न गरिएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक थापा तथा सो विद्यालयका शिक्षक, विद्यार्थी र प्रहरी जवानलगायतको सहभागिता रहेको थियो ।