नवलपुरमा तेक्वान्दोको ग्रेडिङ सम्पन्न

कार्यक्रममा उपस्थित खेलाडी एवं गुरुहरु । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – नवलपुर तेक्वान्दो डोजाङ अन्तर्गत जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

बुधबार दिउँसो लालबन्ददी नगरपालिका–१, नवलपुर स्थित लिटिल लावर बोर्डिङ ईस्कुलमा तेक्वान्दोका बरिस्ठ गुरु प्रमुख चेत बहादुर ठकुर, भरत भण्डारी, खडक बहादुर सापकोटा र डोजाङ प्रमुख दिपक कुमार श्रेष्ठको उपस्थितिमा ग्रेडिङ कार्य सम्पन्न भएको हो । २० जना खेलाडी सम्मिलित ग्रेडिङ कार्यक्रममा ह्वाईट, यल्लो र बुलु बेल्टका खेलाडीहरुको सहभागिता रहेको थियो ।