पूर्व मन्त्री श्रेष्ठले गरे डीप बोरिङको शिलान्यास

डिप बोरिङको शिलान्यासपछि पूर्व मन्त्री श्रेष्ठसँगै अन्य स्थानीयहरु । (तस्बिर : उज्यालो अभियान)

हीरापुर – सर्लाहीको लालबन्दी नगरपालिका – ११ मा सिँचाईका लागि डीप बोरिङ गाडिने भएको छ ।

आइतवार लालबन्दी नगरपालिका –११, हिरापुरमा गाडिने बोरिङको सविधान सभा सदस्य तथा पूर्वमन्त्रि शम्भुलाल श्रेष्ठले शिलन्यास गरेका हुन् ।सर्लाहीको बागमतीमा रहेको बागमती सिँचाई परियोजना अन्तर्गत भूमिगत जल सिँचाई परियोजना, बागमतीको सहयोगमा एक करोड बढीको लागतमा निर्माण गरिने बोरिङको शिलान्यास भएको हो ।

उक्त बोरिङको निर्माण कार्य सम्पन्न भएपछि व्यवसायिक रुपमा तरकारी खेती हुने यस क्षेत्रमा करिब ६० बिगाहा जग्गामा सिँचाई सुविधा पुग्ने र किसानलाई यसबाट तरकारी खेतीमा सहजता आउने वडाध्यक्ष दीपक लामाले बताए । सर्लाहीको बागमतीमा रहेको बागमती सिँचाई आयोजनाले शनिवार नै यहाँ आएर शिलान्यासका लागि स्थलगत निरीक्षण गरेको थियो ।

शिलन्यास कार्यक्रममा वडाध्यक्ष दिपक लामाको अध्यक्षता तथा पूर्वमन्त्री तथा कांग्रेस नेता श्रेष्ठको प्रमुख आतिथ्यता रहेको डीप बोरिङ उपभोक्ता समितिका अध्यक्ष रामप्रमोद महतोले जानकारी दिए । अध्यक्ष महतोले डीप बोरिङको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सकिने बागमती सिचाँई परियोजनाले जनाएको बताए ।