चक्रघट्टा झडपको घटनाप्रति नेकपाकाे ध्यानाकर्षण

चक्रघट्टा – गत पुस २६ गते सर्लाहीको चक्रघट्टामा भएको दोहोरो झडपको घटनाप्रति नेकपा प्रचण्ड–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले आइतवार प्रेस विज्ञप्ती जारी गरी झडपमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्ना पार्टीका नेता एवं चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवमाथी सांघातिक हमला, अभद्र व्यवहार र उनकै कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको आरोप लगाए । पन्तले गाउँपालिका अध्यक्ष यादव, उनका बुवा एवं पूर्व मन्त्री रामेश्वर राय यादव, जिल्ला इन्चार्ज डाचाराज वाग्ले लगायतको उपस्थितिमा पत्रकार सम्मेलन समेत गरेका थिए ।

यसअघि झडपकै घटनालाई लिएर कांग्रेसले पुस २७ गते चक्रघट्टामै पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष यादव तानासाही बन्दै कांग्रेसका कार्यकर्तामाथि बारम्बार आक्रमणमा उत्रिएको आरोप लगाएको थियो । बजारमा रहेको एउटा लेथ पसल हटाउने विषयमा त्यहाँ कांग्रेस र गाउँपालिका अध्यक्ष पक्षबीच दोहोर झडप भएको थियो ।