सर्लाहीको गौरीशंकरबाट १० किलो गाँजासहित श्रीमान श्रीमती पक्राउ

गाँजासहित पक्राउ परेका श्रीमान श्रीमती ।

बयलवास – प्रहरीले सर्लाहीको गौरीशंकरबाट मंगलवार साँझ लागुऔषध गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मिला देवी साह छन् ।

ज ११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका १३ गौरीशंकरस्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको हो ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताएका छन् ।