वडाध्यक्ष अधिकारीद्वारा वृद्धाश्रममा भोजन

मंगलबार दिउँसो मिष्ठान्न भोजन गर्दै वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाहरु । (तस्बिर : उज्यालो अभियान)

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष नवराज अधिकारीले मंगलवार दिनभरका लागि वृद्धाश्रममा खाजा खानाको प्रवन्ध गरेका छन् ।

दिवंगत बुवा रामकृष्णको वार्षिक पुण्यतिथिमा अधिकारीले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्धसेवाश्रममा आश्रीत वृद्धवृद्धालाई खाजा र खानाको व्यवस्था मिलाएका हुन् । अधिकारीका स–परिवार आश्रममै आएर वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

यसअघि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपालले २३ औँ स्थापना दिवसका अवसरमा मंगलवार खाजाको प्रवन्ध मिलाएको थियो । मंगलवार नै आश्रममा शरण लिएर बसेका वृद्धवृद्धालाई सो संस्थाका केन्द्रिय वरिष्ठ सल्लाहकार पाण्डव हमालले न्यानो कपडा ट्राउजर वितरण गरेका थिए ।