कांग्रेस नेता गगन थापाले बुधबार लालबन्दीमा सम्बोधन गर्दै

गगन थापा ।

लालबन्दी – नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापाले बुधबार सर्लाहीको लालबन्दीमा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैर संवैधानिक तवरले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेस लालबन्दीले आयोजना गरेको विरोध सभालाई नेता थापाले सम्बोधन गर्ने कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार सभालाई पूर्व मन्त्री एवं पार्टीका केन्द्रिय सदस्य थापाले प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दैछन् ।

कार्यक्रममा सम्बोधन गर्नका लागि नेता थापा मंगलवार साँझ नै लालबन्दी आईसकेका छन् । थापाले बुधबार नै बयलवासमा केही अगुवा कार्यकर्तासँग भेटघाट गर्ने र मध्यान्ह लालबन्दीमा विरोध सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको नगर सभापति आचार्यले जानकारी दिए । त्यस्तै नेता थापा बुधबार नै हरिवन लगायत जिल्लाका विभिन्न स्थानमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागि हुने बताईएको छ ।