तेक्वान्दोका रेफ्रीलाई तालिम

तालिममा सहभागी रेफ्री र कार्यक्रम समापन समारोहका अतिथिहरु । (तस्बिर : सन्जु कर्ण/उज्यालो अभियान)

सन्जु कर्ण/हरिवन, पुस १८ – सर्लाहीको हरिवनमा तेक्वान्दो खेलका रेफ्रीहरुलाई तालिम तथा रिफ्रेस कार्यक्रम सम्पन्न गरिएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ को आयोजनामा शुक्रबारदेखी सुरु गरिएको तालिम शनिबार सम्पन्न गरिएको हो । राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ का अध्यक्ष कुमारबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालीकाका मेयर गणेश प्रसाद प्रसाई प्रमुख अतिथि थिए ।

त्यस्तै, हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेल, अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा राष्ट्रिय तेक्वान्दो संघका सचिव तथा केन्द्रिय प्रशिक्षक राकेश राई, राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का केन्द्रिय सदस्य महम्द सागीर शेष, राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका उपाध्यक्ष तथा रेफ्री केशव कार्की, राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ का उपाध्यक्ष जयमान पाख्रिन, राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ का कोषाध्यक्ष निर्मला गुरुङ्ग, राष्ट्रिय तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष मधुकर रायमाझी, जिल्ला सल्लाहकार दीपेन्द्र मैनाली लगायतको उपस्थिति रहेको राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ का सदस्य सन्तोष भुजेलले बताए ।

सन्तोष बाँनियाले संचालन गरेको यस कार्यक्रममा सर्लाहीसहित बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा मकवानपुर, ललितपुर, धनकुटा, ईलाम, झापा, भोजपुर,मोरङ्ग लगायतका स्थान बाट ३१ जनाले सहभागीता जनाएका थिए । उनीहरु सबैलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।