लालबन्दीमा खानेपानीको साधारण सभा सम्पन्न

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार पाँचाैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षता एवं क्षेत्र नम्वर १ का निवर्तमान संघीय सांसद प्रमोद कुमार साहको प्रमुख आतिथ्यतामा संस्थाको कार्यालय लालबन्दी नगरपालिका-६ स्थित लेखाली चौरमा साधारण सभा सम्पन्न भएको हो । लालबन्दीकै गौरवको आयोजना मानिने सो संस्थाको साधारण सभामा नगर प्रमुख मानबहादुर खड्का, विभिन्न वडाका वडाध्यक्ष, नेपाली कांग्रेस लालबन्दी सभापति प्रशान्त आचार्य, जसपा प्रतिनिधि सुनिल साह सहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संस्थासँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधि लगायतले सुझाव सहितकाे शुभकामना मन्तव्य राखेका थिए ।

सभामा संस्थाको गत आर्थिक वर्षको खर्च तथा आम्दानी पारित गर्दै अहिलेसम्म भएका प्रगति लगायतबारे सबै सरोकारवालाहरुलाई जानकारी प्रदान गरिएको संस्थाका लेखापाल मनोज बख्रेलले जानकारी दिए । संस्थाले अहिले साबिक लालबन्दी नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानी पु¥याइरहेको छ ।

फाेटाे क्याप्सन : साधारण सभा उद्घाटन समाराेहमा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत व्यक्तित्वहरु । (तस्बिर : उज्यालाे अभियान)