हरिवनको फुटबल प्रतियोगितामा वडा नं. ११ को फाईनल यात्रा

शुक्रवारको खेलका म्यान अफ द म्याच दोर्जे लामालाई पुरस्कृत गर्दै फुटबल प्रशिक्षक सुमन तिलक सिन्दाली । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवनमा जारी प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा वडा नं. ११ फाईनलमा प्रवेश गरेको छ । यो जीतसँगै वडा नं. उपाधी नजिक पुगेको छ ।

शुक्रवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा वडा नं. ३ लाई ३–० गोलले पराजित गर्दै वडा नं. ११ प्रतियोगिताको उपाधी नजिक पुगेको हो । सो वडालाई फाईनलमा पु¥याउन गौरव श्रेष्ठ, निरज राई र निराजन भण्डारीले समान एक÷एक गोल गरे ।
शुक्रवारको खेलमा बिजेता टिम वडा नं. ११ कै याङ दोर्जे लामा म्यान अफ द म्याच बने ।

प्रतियोगितामा आज (शनिवार) वडा नं. ७ र १० ले दोस्रो सेमिफाईनल खेल खेल्नेछन् । न्यू हरिवन युवा क्लब हरिवनको आयोजनामा सुखेपोखरी खेल मैदानमा जारी प्रतियोगिताको बिजेताले २५ हजार र उपबिजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल सुरुमा १२ गते गर्ने तय भएपनि सो दिन आराम दिएर १३ गते गर्ने निर्णय भएको आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले उज्यालो अभियानसँग बताए ।