चतुर्भूजेश्वर जनता माविले स्वर्ण जयन्ती मनायो

विद्यालयको स्वर्ण जयन्ति समारोहमा उपस्थित अतिथिहरु । तस्बिर : उज्यालो अभियान

सुखेपोखरी- चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीले स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा बिहिवार स्वर्ण जयन्ति समारोह सम्पन्न गरेको छ ।


हरिवन नगरपालिका–१० स्थित सुखेपोखरीमा रहेको विद्यालयले व्यापक जनसहभागिता सहित बीच भव्य रुपमा स्वर्ण जयन्ती मनाएको बिद्यालय प्रशासनले जनाएको छ । २०२७ सालमा स्थापना भएको यस श्री चतुर्भुजेश्वर जनता माध्यामिक बिध्यालयले स्वर्ण जयन्तीको अवसरमा जग्गा दाता, बिद्यालयमा स्थापना काल देखी सेवा गर्ने शिक्षक शिक्षिका, ब्यवस्थापन समिकिका पदाधिकारी, लगाएत ४ सय ५० बन्दा धेरैलाई सम्मान समेत गरेको छ ।

यसैविच विद्यालयमा अध्ययन गरी राष्ट्रको उच्च पदस्थ पदमा पुग्न सफल पूर्व विद्यार्थी लगायतलाई समेत सम्मान गरिएको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तकुमार ब्लोनले जानकारी दिए । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समारोहमा संविधान सभा सदस्य नरेन्द्र साह लगाएत जनप्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।

यसैविच बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा पुर्व सांसद नरेन्द्र साहले बिद्यालयमा खानेपानीको लागि डिप बोरिङ गरिदिएका छन् । पुर्व सांसद साहले आफ्नो ब्यक्तिगत लागतमा बोरिङ गाडिदिएका बिद्यालयका शिक्षक पुस्कर बुढाथोकीले जानकारी दिए । विद्यालयको यस शैक्षिक महाकुम्भ सम्पन्न गर्न करिव २० लाख खर्च अनुमान गरेकोे छ । त्यसमध्ये हरिवन नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

स्थानीय शिक्षा प्रेमी जनप्रतिनिधि लगाएको उत्साहजनक सहभागितामा स्वर्ण जयन्ती समारोह सफलतापुर्वाक सम्पन भएको विद्यालयका शिक्षक समेत रहेका नेपाल शिक्षक महासंघ हरिवनका अध्यक्ष एवं मूल समारोह समितिका सूचना अधिकारी पुष्कर बुढाथोकीले बताए ।

विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुत देखाएका स्वर्ण जयन्ति समारोहमा पूर्व सांसद साह, जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली लगायतको आतिथ्यता रहेको थियो ।