प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको छनौटमा सर्लाही र सप्तरी पराजित

हरिवन – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न खेलमा महोत्तरीले सप्तरीलाई १० बिकेटले तथा सिरहाले सर्लाहीलाई १ सय १० रनले पराजित गरेको छ ।

राजरंगशालामा संचालित पहिलो खेल अन्तर्गत सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ ओभर २ बलमा सम्पूर्ण बिकेट गुमाई ३९ रनमा समेटिएको थियो । सप्तरीका लागि सिता चौधरीले १४ रनको योगदान दिएकी थिईन् ।
बलिंगतर्फ महोत्तरीका बिमला मगरले ४ ओभर २ मेडन सहित ८ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने रोजि कडारी र गोमा आलेले सामान २ बिकेट लिएकी थिईन् ।

४० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लिएको महोत्तरीले उक्त लक्ष्य सजिलै ४ ओभर ३ बलमा बिना कुनै बिकेटको नोक्सानीमा प्राप्त ग¥र्यो । महोतरीका लागि बिमला मगर र मानसी चौहान क्रमश २३ र ११ रनमा अबिजित रहिन् । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत महोत्तरीकी बिमला मगर म्यान अफ द म्याच बनिन् ।

शनिवार सम्पन्न एक अर्को खेलमा सिरहाले टसजित पहिले ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय ९९ रनको योगफल बनाएको थियो । सिरहाका लागि सन्तोषि चौधरीले ४३ बलमा १० चौक्काको मद्धतले अविजित ६० रनको योगदान गरिन भने अनुराधा चौधरीले ४९ रनको योगदान गरिन् । त्यसैगरी सरस्वती चौधरी १५ रनमा अविजित रहिन् ।

२ सय रनको बिशाल लक्ष्य लिई मैदानमा उत्रिएको सर्लाही ९ बिकेट गुमाई ८९ रनमै समेटियो । सर्लाहीका लागि मेलिना रायमाझीले ५७ बलमा ९ चौक्काको मद्धतले ५४ रनको योगदान दिएका थिईन्। बलिंगतर्फ सिरहाका सरस्वती चौधरी र कविता गौतमले सामान ३ बिकेट लिएका थिए भने सन्तोषि चौधरी र अनुराधा चौधरीले सामान १ बिकेट लिईन् ।

खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेवापत सिरहाका सन्तोषि चौधरी भएकी थिईन् ।