हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ मा सुक्रवार वडाभित्र सेवा गरिरहेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक थान साईकल प्रदान गरिएको छ ।
वडा कार्यालयले उनीहरुलाई एक थान साडीसहित साईकल उपलब्ध गराएको हो । निकै कम पारिश्रमिक लिएर गाउँ–घरमै खटी स्वास्थ्य सेवा प्रवाह गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल बढाउने उदेश्यले साडी र साइकल वितरण गरिएको हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजाले जानकारी दिए ।
यस्तै स्थानीय स्टार यूवा क्लबलाई क्रिकेटका सामग्री र यूथ क्लबलाई फुलबलसँगै जर्सी समेत प्रदान गरिएको छ । वडाध्यक्ष रेजाको अध्यक्षता एवं मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल, शिक्षा शाखा प्रमुख नवराज निरौला, नेकपा नेताहरु चूडामणि वाग्ले, विदुर कुमार प्याकुरेल, कुमार विष्ट लगायतको उपस्थिति थियो ।
