मजमावि २०५१ सालका एसएलसी ब्याजीले छात्रवृत्ति काेष स्थापना गर्ने

हरिवन – महादेव जनता मावि हरिवनबाट २०५१ सालमा एसएलसी दिएका विद्यार्थीले साेही स्कुलमा अध्ययनरत् विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि काेष स्थापना गर्ने निर्णय गरेकाे छ ।

बिहिबार हरिवनकाे कैलाशपुरी स्थित वनबाटिकामा वनभाेज गर्दै साे ब्यजी समुहले त्यस्ताे निर्णय गरेकाे हाे । उक्त कार्यका लागि नारायण कार्कीकाे अध्यक्षता, सविना श्रेष्ठ सचिव र नवराज धमला काेषाध्यक्ष रहेकाे संयाेजन समिति समेत गठन गरिएकाे छ । २०५१ सालमा एसएलसी दिएका १५३ जनासँग सम्पर्क गरेर छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यका लागि काेष खडा गरिने संयाेजन समितिका अध्यक्ष कार्कीले जानकारी दिए । भेलाले हरेक वर्ष तीहार भाईटिकाकाे पर्सीपल्ट ब्याजीहरुकाे वनभाेज सहितकाे जमघट गर्ने निर्णय समेत गरेकाे छ ।

बुधवार दिउँसाे हरिवनमा भेला भएका डेढ दर्जन पूर्व विद्यार्थीहरुकाे समुहले विहिबार वनभाेज जाने निर्णय गरेकाे थियाे । एकदम छाेटाे समयकाे तयारीका कारण यसपटक थाेरैजना सहभागि हुन सकेकाे र आगामी दिनमा सकेसम्म सम्पूर्ण साथिहरुलाई खबर गरेर बृहद् भेला गरिने अध्यक्ष कार्कीले जानकारी दिए । विहिबारकाे भेलामा दाङकाे लमही, काठमाडाैं, हेटाैंडा लगायत घर भएका पुर्व विद्यार्थीहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

फाेटाे क्ययाप्सन : विहिबार वनबाटिकामा भेला भएका मजमाविका २०५१ साले एसएलसी ब्याजीहरु । (तस्बिर : उज्यालाे अभियान)