चुनाव हारेपनि समाजसेवा गरी वाहीवाही कमाउँदै साह

सिद्धार्थ क्लब घुर्कौलीलाई खेलकुद सामग्री प्रदान गर्दै पूर्व सांसद् साह (बायाँबाट पहिलो माला लगाएका) । तस्बिर : उज्यालो अभियान

हरिवन – पूर्व सांसद् तथा समाजसेवी नरेन्द्र साहले सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा रहेको सिदार्थ युवा क्लबलाई खेलकुदका सामग्री सहयोग गरेका छन् ।

पछिल्लो पटक संघीय सांसदको निर्वाचनमा पराजित भएपनि मनकारी व्यक्ति साहले ३ नम्वर निर्वाचन क्षेत्रमा विभिन्न किसिमको सहयोग गर्ने क्रममा सुक्रवार घुर्कौलीमा फुटबल सामग्री वितरण गरेका हुन् । उनले क्लबलाई फुटबल, भलिबल, ब्याडमिन्टन, जर्सी लगायतका सामग्री प्रदान गरेका क्लबका अध्यक्ष जीवन लामाले बताए ।

समाजसेवी साह र हरिवन ६ का वडाध्यक्ष प्रल्हाद बुढाथोकीले खेलकुद सामग्री क्लबका अध्यक्ष लामालाई हस्तान्तरण गरे । कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले चुनाव हारेर पनि निरन्तर नागरिकको दैलोमा पुगेर साहले गरिरहेको समाजसेवा सराहनीय रहेको बताए । चुनाव जितेर पदमा पुग्ने नेता तथा जनप्रतिनिधिले मनकारी व्यक्ति साहबाट पाठ सिक्नु पर्नेमा जोड दिए ।

साहले सोही कार्यक्रममा गुम्बा समितिले निर्णय गरेर आफूबाट सहयोग मागे घुर्कौलीमा रहेको गुम्बामा गेट बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । साहले विभिन्न रोगी तथा बिरामी, प्राकृति विपतीमा परेका पीडित, स्थानीय पालिका, सञ्चारकर्मी, विभिन्न क्लब लगायतलाई समय–समयमा विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।