कोरोना रोकथाममा योगदान पुर्याउनेलाई सम्मान

कार्यक्रममा उपस्थित कर्णेल सुरज राउत (बायाँबाट दोस्रो), नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र (बायाँबाट तेस्रो) लगायत । तस्बिर : उज्यालो अभियान

बलरा – दक्षिण पश्चिम सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिकामा कोरोना संक्रमणको अवस्थामा यसको रोकथाम र निन्त्रणमा सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

बलरा नगरपालिका ७ डुमरियामा आज नेपाल आरोग्य संगठन र ब्रम्हभुमि हेल्थ रिसर्च सेन्टरको संयोजकत्वमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । बच्चाबाबु सिंहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रको प्रमुख आतिथ्यतामा कोभिड १९ कोरोना भाईरसको संक्रमण फैलिएको अवस्थामा यसबाट सर्वसाधारणलाई जोगाउनका लागि योगदान पुर्याउने रणशेर गण पाँच कुमारी ब्यारेक र लेफ्टिनेन्ट कर्नेल सुरज राउतलाई मायाको चिनो र कदर पत्र प्रदान गरी सम्मान गरेको छ । शव व्यवस्थापनमा खटिने सेनाकाे टाेलिलाई तथा स्वास्थ्यकर्मी लगायतलाई पनि सम्मान गरिएकाे ब्रम्हभूमिका सञ्चालक डा. राकेश सिंहले जानकारी दिए ।

विरेन्द्र कुमार सिंहले संञ्चालन गरेेेेकाे कार्यक्रममा नौँ जनाले रक्तदान पनि गरेका छन् ।