पत्रकार महासंघकाे शुभकामना आदान प्रदान

मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाहीले दिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

शुक्रबार दिउँसाे मलंगवा स्थित जानकी फेमिली पार्टी प्यालेसमा महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरकाे अध्यक्षता एवं महासंघका केन्द्रीय काेषाध्यक्ष राजेश मिश्रकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, कांग्रेस नेता कृष्णदेव यादव, जसपा नेता वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, पद्म-भुवनेश्वरी वृद्दाश्रमकी अध्यक्ष भवानी काेइराला, नागरिक समाजका महासचिब शिवचन्द्र चाैधरी, संचारकर्मीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे । सुनिल ठाकुरकाे सञ्चालन रहेकाे कार्यक्रममा सहसचिव सत्यप्रकाश यादवले स्वागत गरेका थिए ।

फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित व्यक्तित्वहरु ।