नेकपाका ११५ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको दावी

कार्यक्रम पश्चात सामूहित तस्बिर खिचाउँदै कांग्रेस नेता र नवप्रवेशीहरु ।

धनकौल – नेपाली कांग्रेसले केही सातायता सर्लाहीको ४ नम्वर क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिरहेको छ ।

अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा भित्र्याउन त्यस क्षेत्रका कांग्रेसी नेताहरु सक्रिय भएर लागि परेका छन् । सोही क्रममा सुक्रवार धनकौल गाउँपालिका वडा नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११५ जना कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराइएको पार्टीका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले जानकारी दिए ।

नवप्रवेशीहरुलाई प्रदेश सभा सदस्य सिंह र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । ४ नम्वर क्षेत्रमा पर्ने धनकौल, बसबरिया, रामनगर लगायतका स्थानमा छोटो अवधीमै अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराइएको नेताहरुले दावी गरेका छन् ।