वडाध्यक्षका तीन प्रत्यासीसहित ७५० बढी कांग्रेसमा प्रवेश

कांगे्रसले धनगढामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी नेताहरु । (तस्बिर : उज्यालो अभियान)

धनगढा – नेपाली कांग्रेसले आज (वुधवार) सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बसबरियामा अन्य पार्टीका ७५० जना भन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दावी गरेको छ ।

बसबरियास्थित जनता मावि धनगढाको प्रांगणमा आयोजित कार्यक्रममा पूर्व माओवादीको तर्फबाट वडा नं. १ को वडाध्यक्षका प्रत्यासी रामसुनर राय, माओवादीकै तर्फबाट २ नम्वर वडाको वडाध्यक्षका प्रत्यासी छविलाल राय, तत्कालिन नयाँ शक्तिबाट ६ नम्वर वडाको वडाध्यक्षका प्रत्यासी राजकिशोर यादव, सत्यन राय, रामएकवाल राय, नागेन्द्र राय, शिवजी राय लगायतकाे नेतृत्वमा ७५० जना भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेस नेता समेत रहेका बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए ।

पार्टीका नवप्रवेशीहरुलाई बसबरिया गाउँपालिका-५ का वडा कार्य समितिका सभापति नेमिचन्द रायको अध्यक्षता एवं पूर्व मन्त्री तथा कांग्रेस नेता गोबिन्दबहादुर साहको प्रमुख आतिथ्यतामा अविर पहिर्याएर पार्टीमा स्वागत गरिएको छ ।

वुधवार साँझ अबेरसम्म चलेको कार्यक्रमलाई केन्द्रीय सदस्यहरु रामहरि खतिवडा र जंगिलाल राय, जिल्ला सहसचिब डाेरप्रसाद भट्टराई, दानबहादुर बुढाथाेकी, पूर्व सभासद् हरेश महतो, प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह, मलंगवा नगरपालिकाका मेयर निरसल साह, बसबरिया गाउँपालिकाका अध्यक्ष राम आयोध्या यादव, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, महाधिवेशन प्रतिनिधि एवं कांग्रेस नेतृ सोनी बोम्जन, चक्रघट्टा गाउँपालिकामा अध्यक्षका प्रत्यासी रामजी साह, राकेश राय, राजकिशाेर राय, किशाेरी राय, अशाेक राय यादब लगायतले सम्वोधन गरेका थिए ।

दीपावली र छठ पर्वको शुभकामना आदानप्रदानसँगै कांग्रेसले क्षेत्र नं. ४ को धनगढामा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । यसअघि मंगलवार बागमती नगरपालिका ६ राजघाट गुम्बा टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अन्य पार्टीबाट १५० जना कांग्रेसमा प्रवेश गरेको दावी गरिएको थियो ।