साक्षरता तथा यौनिकता शिक्षा कक्षामा सहभागी किशोरीहरुलाई राहत

लालबन्दीमा वडा नं. ६ का वडाध्यक्ष उज्ज्वल कुमार कार्की र ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाको हातबाट राहत बाँडिदै । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीको उत्तरी भेगको लालबन्दी र दक्षिणी भेगको बलरा नगरपालिकामा साक्षरता तथा यौनिकता शिक्षा कक्षामा सहभागी किशोरी र सहजकर्ताहरुलाई राहत उपलब्ध गराइएको छ ।

सामुदायिक विकास अभियान धनुषाले यूनेस्को काठमाण्डौंको आर्थिक सहयोगमा सन् २०१८/२०१९ मा लालबन्दी र बलरामा साक्षरता तथा यौनिकता शिक्षा कक्षा सञ्चालन गरेको थियो । कक्षामा सहभागी लालबन्दीका १४० किशोरी र ६ जना सहजकर्ता एवं बलराका १४६ जना किशोरी र ५ जना सहजकर्ता गरी २९७ जनालाई राहत सामग्री प्रदान गरिएको हो ।

दुवै स्थानमा कात्तिक ५ गतेदेखि हिजोसम्म गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा राहत सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले जानकारी दिए । उनका अनुसार प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, साबुन, सर्जिकल मास्क, स्यानेटरी प्याड लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको हो ।