सर्लाहीको ४ नंं क्षेत्रमा काँग्रेसले आज प्रदर्शन गर्दै

जिल्ला प्रहरी कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै कांग्रेसका नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

धनकौल – नेपाली काँग्रेसले रामनगर घटनालाई लिएर आज (सुक्रवार) सर्लाहीको ४ नं. क्षेत्रका सबै गाउँमा विरोध जनाउने भएको छ ।


बिहिवार बिहान बसेको क्षेत्रीय कार्य समितिको बैठकले भोली ४ नं. क्षेत्रमा पर्ने सबै पालिकाका प्रत्येक वडामा मध्यान्ह टायर बालेर प्रदर्शन गर्ने र बेलुका मसाल जुलुस निकाल्ने निर्णय भएको क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए ।

साहकै अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्य द्वोय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो । स्रोतका अनुसार आन्दोलनका कार्यक्रम अनुसार केही दिन क्षेत्र नं. ४ मै केन्द्रीत रहने र त्यसपछि जिल्ला सदरमुकाम मलंगवामा फेरी हिजोकै झैँ कार्यकर्ता उतार्ने तयारी भइरहेको बुझिएको छ ।

काँगे्रस जिल्ला कार्य समितिका सभापति नागेन्द्र कुमार रायले अहिले भइरहेको आन्दोलनमा पार्टीको कुनै निर्णय नरहेको बताउनु बताए । वुधवार दिउँसोपख जिल्ला प्रहरी कार्यालय अगाडि सर्लाहीको ४ नं. निर्वाचन क्षेत्रबाट काँगे्रस सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा आएको समूह र प्रहरीबीच झडप हुँदा मलंगवा तनावग्रस्त बनेको थियो ।