उज्यालो अभियानकर्मी खत्रीलाई सीआईएनको लेखनवृत्ति पुरस्कार

पत्रकार खत्री

हरिवन – उज्यालो अभियान मिडिया नेटवर्कका संचालक एवं पत्रकार जनार्जन खत्रीलाई सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मानसिक स्वास्थ्यका विषयमा फेलोसिप (लेखनवृत्ति पुरस्कार) प्रदान गरेको छ ।

सामुदायिक रेडियो एकता लालबन्दीका समाचारवाचक एवं गोरखापत्र दैनिकका सर्लाही समाचारदाता समेत रहेका पत्रकार खत्रीलाई सीआईएनले १५ हजार राशीको लेखनवृत्ति पुरस्कार प्रदान गरेको हो । देशभरका २८ जना सामुदायिक रेडियोकर्मीसँगै खत्रीले पनि यो पुरस्कार प्राप्त गरेका हुन् ।

यो पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र टीपीओ नेपालको सहकार्यमा प्रदान गरिएको हो ।

अहिले कोरोना संक्रमणका बेला मानसिक स्वास्थ्यको समस्यालाई प्राथमिकताका साथ उठान गरेका खत्री लगायतका सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको सहकार्य गरेका संघसंस्थाहरुले जनाएका छन् ।