सिसौट घटना : काँग्रेसले मलंगवामा कार्यकर्ता उतार्दै

नेपाली काग्रेसले केही दिनअघि सर्लाहीको रामनगरस्थित विर्तामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. ४ का शीर्ष नेता र अन्य । तस्बिर : उज्यालो अभियान

मलंगवा – नेपाली काँग्रेस सर्लाहीले सर्लाहीको रामनगर सिसौट घटनालाई लिएर वुधवार (सोमवार) सदरमुकाम मलंगवामा ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

उसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । उसले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै आज सदरमुकाम मलंगवामा विशाल प्रदर्शन गर्न लागेको हो ।

सर्लाही ४ नं. क्षेत्रका सांसद एवं काँगे्रस नेता डा. अमरेश कुमार सिंहले महेन्द्र रामलाई शहीद घोषण गर्नुपर्ने लगायत माग सहित मलंगवामा आज मध्यान्ह ५ हजार बढी कार्यकर्ता उतार्ने तयारी गरेको बताए । काँगे्रसले पीडितलाई न्याय दिलाई दोषीलाई कारवाही गर्नुको साटो राजनीतिक दबाबमा पीडितको जाहेरी नलिएको आरोप लगाउँदै आएको छ ।

सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले भने सिसौट घटनाको अनुसन्धान जारी रहेको र शंकास्पद तीनलाई पक्राउ गरिएको जानकारी दिए ।