तिम्ल्याहा शिशुलाई बचाउँन तल्लिन् डा. झा

स्तुती सौम्या हेल्थ केयर सेन्टरमा रहेका तिम्ल्याहा शिशुहरुको स्वास्थ्य जाँच गर्दै डा. गुणेश्वर झा । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – पाँच दिनअघि जन्मिएका तिम्ल्याहा शिशुको सर्लाहीकै सदरमुकाम मलंगवा स्थित एक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । अत्यन्त तौल कम भएका ती शिशुहरुको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न डा. गुणेश्वर झाले बताए ।

यो लिंक क्लिक गरेर तिम्ल्याहा शिशुको भीडीयो पनि हेर्नोस्

#सर्लाहीमै यसरी हुँदैछ #तिम्ल्याहा शिशुको उपचार#अत्यन्त कम तौल भएका #शिशुको स्वास्थ्यमा निकै सुधार

सेवा सुविधाका हिसाबले स्वास्थ्य उपचारका लागि सर्लाहीमा स्तरीय स्वास्थ्य केन्द्र छैन । सामान्य बाहेक जिल्ला स्थित गम्भिर खालका बिरामीहरु उपचारका लागि जनकपुर, वीरगंज वा भरतपुर जानुपर्ने बाध्यता छ । अझ दक्षीणी क्षेत्रका त्यस्ता बिरामीहरु त भारतका विभिन्न अस्पतालमा जाने गरेका छन् । तथापी तीन वर्षअघि मलंगवामा स्थापना भएको स्तुती सौम्या हेल्थ केयर सेन्टरमा स्वास्थ्य अवस्थाको हिसाबले अत्यन्त कमजोर रहेका तीम्ल्याहाको उपचारमा डा. झा तल्लिन् छन् ।

‘अहिले शिशुहरुको स्वास्थ्य अवस्था अवस्था अत्यन्त सुधारोन्मुख छ, चिसोबाट बचाउँन वार्मरमा राखिरहेको छु, एन्टिबायटिक सहित तौल बढाउने लगायत विभिन्न औषधीहरु चलाईरहेको छु’, डा. झाले सोमबार उज्यालो अभियानको टिमसँग भने, ‘यसैगरी स्वास्थ्यमा सुधार हुँदै गयो भने सातादिन भित्रै डिस्चार्ज गर्ने लक्ष्य राखेको छु ।’ संचारकर्मीहरुको टिम पुग्दा डा. झाको हेल्थ केयरमा सोमबार अन्य शिशुहरुलाई समेत वार्मरमा राखेर उपचार भईरहेको थियो ।

जिल्लाकै दक्षिणी क्षेत्र सदरमुकाम मलंगवाबाट केही पश्चिम पर्ने कौडेना गाउँपालिका–१, सुकचैना निवासी २५ वर्षीया बबिता राउतले गत शुक्रबार सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा एकसाथ तीनवटा छोरालाई जन्म दिएकी हुन् । तीनवटा शिशु त्यो पनि बिना शल्यक्रिया जन्मिए । जिल्ला अस्पतालका प्रसुती विभाग हेर्ने डा. चन्दनराज शर्माका अनुसार जन्मने वितिकै शिशुहरु रोएका पनि थिए । जन्मने वितिकै वा पाँच मिनेट भित्र शिशु रुनु भनेको स्वास्थ्यको हिसाबले अत्यन्त राम्रो मानिने भएपनि तौल अत्यन्त कम भएको र स्वाशप्रस्वास लगायत अन्य समस्या देखिएपछि तत्कालै उपचार सेवा सूरु गर्नुपर्ने भएकाले कान्ति बाल अस्पतालमा काम गरेर मलंगवा आएका डा. गुणेश्वर झाको मा पठाएको शर्माले बताए ।

बिना शल्यक्रिया त्यो पनि तिम्ल्याहा शिशु जन्माउन सफल बबिताको प्रसुती केसमा सकृय रुपमा खटेकी जिल्ला अस्पतालकी स्टाप नर्स संगिता श्रेष्ठले स्वास्थ्यको हिसाबले अत्यन्त संवेदनशिल केसको रुपमा आफूले पाएको बताईन् । सामान्यतया ३७ हप्ता बितेपछि बच्चा जन्मिनु राम्रो मानिने भएपनि बबिताले २८ हप्ता (सात महिना)मै तिम्ल्याहा बच्चा जन्माएका कारण शिशुहरुको तौल निकै कम भएको चिकित्सकहरु बताउँछन् । तीन मध्ये एक शिशुको तौल साँढे १ किलो तथा दुई शिशुको तौल सबा एक–सबा एक किलो रहेको छ ।

जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा बच्चा शल्यक्रिया बिना जन्माउन र सबैलाई बचाउन निकै कठिन हुने र अझ समय नै नपुगी जन्मिएका शिशुहरुको स्वास्थ्य अवस्था निकै संवेदनशिल हुने डा. झा बताउँछन् । काठमाडौं कान्ति बाल अस्पतालमा १० वर्ष काम गरेका डा. झा ३ वर्षदेखि स्तुती सौम्या हेल्थ केयर सेन्टर मार्फत जिल्लाबासीको स्वास्थ्य उपचार सेवामा तल्लिन् छन् । उनकोमा भेन्टीलेटर जतिकै बालबालिकाका लागि उपयोगी ‘सीप्याप’ उपकरण पनि छ । बालबालिकाको उपचारमा विशेष दख्खल भएपनि अन्य अन्य बिरामीहरुको समेत विशेष सेवा सुविधा सहित उपचार गरिरहेको डा. झा बताउँछन् ।

तिम्ल्याहाकी आमा बबिताको स्वास्थ्य अवस्था पनि सामान्य रहेको झाले बताए । बबिताले यसअघि पनि दुईवटा छोरा जन्माईसकेकी छिन् । ५ वर्ष र साँढे ३ वर्षका ती दुवै छोराहरु भने घरमै जन्मिएको बबिताका श्रीमान पोषण् राउतले बताए । तिम्ल्याहाका पिता पोषण मलंगवामै यतिको उपचार पाएकामा खुशी छन् । बाईट बाईट राम्रो नभए यो आफैले बोल र उसको पनि मुख चलिरहन्छ । बाहिर लानु परेको भए पक्कैपनि निकै झञ्झट र खर्च व्यहोर्नु पर्ने उल्लेख गर्दै पोषणले आफ्नै आँगनमा उपचार पाउँदा निकै सहज भएको र आफन्त परिवारजन सबैले नियाल्न पाईरहेको बताए ।

ठूला ठूला शहरका सुविधा सम्पन्न अस्पतालमा हुने यस्ता उपचार सेवाहरु जिल्लामै उपलब्ध हुँदा सर्लाहीबासी सहित आसपासका सर्वसाधारण निकै लाभान्वित हुने देखिन्छ ।