दशविघालाई फूटबलको उपाधी

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा आयोजित नगर स्तरीय फूटबल प्रतियोगिताको उपाधी दशविगाह युवा क्लबले जितेको छ ।

सोमवार सम्पन्न फाइनल खेलमा आयोजक नवयुवा क्लब पोखरी टोललाई शुन्यका विरुद्ध दुई गोल गर्दै ईश्वरपुरकै वडा नं. ६ को दशविगाह युवा क्लबले उपाधी उचालेको हो । जितसँगै दसविगाहले २० हजार रुपैयाँ हात पारेको छ भने उपबिजेता आयोजक पोखरी टोलले १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आयोजकका किसन लामा सर्वोत्कृष्ण खेलाडी घोषित भए । उनलाई १० हजार नगद प्रदान गरियो । प्रतियोगिता भरीकै सर्वोत्कृष्ट गोलकर्ता दशविगाहका विष्णु बोम्जनलाई ट्रफि र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह र युवा समाजसेवी मनोज आचार्यले सोमवार साँझ अबेर संयुक्त रुपमा पुरस्कार वितरण गरेको आयोजक क्लबका आजिवन सदस्य कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रतियोगिताको पहिलो पुरस्कार नगद २० हजार रपैयाँ समाजसेवी आचार्यले नै प्रायोजन गरेका हुन् । असोज ५ गतेदेखि पोखरी टोलस्थित प्राथमिक विद्यालयमा आयोजित प्रतियोगितामा नगरभित्रका २४ वटा क्लबले सहभागिता जनाएका थिए ।