डेरी व्यवसायी नेपालद्वारा खेलाडीलाई जर्सी सहयोग

मेयर प्रसाईंलाई जर्सी हस्तान्तरण गर्दै डेरी व्यवसायी नेपाल (दायाँ) । (तस्बिर : उज्यालो अभियान)

हरिवन – दुग्ध डेरी व्यवसायी हरि नेपालले फूटबल खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् ।

आईतबार दिउँसो हरिवन नगरपालिका वडा नम्बर नौ को कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्थानीय व्यवसायी नेपालले मेयर गणेशप्रसाद प्रसाईंलाई जर्सी हस्तान्तरण गरेका थिए । मेयर प्रसाईंले उक्त जर्सी सोही कार्यक्रमका बीच स्थानीय लालिगुराँस युवा क्लका खेलाडीलाई प्रदान गरेका छन् ।

स्थानीय खेलाडीहरुको हौसला बढाउन र खेल क्षेत्रको विकासका लागि आफूले तत्काल ११ थान जर्सी उपलब्ध गराएको र केही समयपछि थप जर्सीहरु पनि प्रदान गर्ने व्यवसायी नेपालले प्रतिबद्धता जनाए । त्यस्तै मेयर प्रसाईंले जर्सी पाएका खेलाडीलाई नगरपालिकाको तर्फबाट तत्काल बुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । खेल क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो प्रयास र सहयोग गरिरहेको मेयर प्रसाईंको दाबी छ ।

क्लबका अध्यक्ष रोशन दाहालको संचालन, हरिवन–९ का वडाध्यक्ष सिताराम पोखरेलको सभापतित्व तथा मेयर प्रसाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस हरिवन नगर उपसभापति डाकुरनाथ खतिवडा लगायत नेकपाका विभिन्न नेताहरुको आतिथ्यता रहेको थियो ।