हरिवनका वडाध्यक्ष मैनालीले दिए फूटबल जर्सी र बुट

वडाध्यक्ष मैनालीले प्रदान गरेको जर्सी र बुट लगायत खेल सामग्री सहित क्लबका खेलाडी तथा कार्यक्रममा उपस्थित स्थानीय । (तस्बिर : नवराज अधिकारी/उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले फूटबल खेलाडीलाई जर्सी, बुट लगायत खेल सामग्री प्रदान गरेका छन् ।

आज (शनिबार) दिउँसो १० नम्बर वडा अन्तर्गत ताईवान बस्तीमा एक कार्यक्रमबीच प्रगतिशिल नमोबुद्धभ युवा क्लबलाई ती सामग्री प्रदान गरिएको वडाध्यक्ष मैनालीले जानकारी दिए । वडाको बजेटबाट १६ थान जर्सी, १५ जोर बुट, दुई थान पोलमा लगाउने नेटजाली, जुराफ (मोजा) १५ थान, फूटबल दुई थान, गोलकिपर ग्लोब्स् २ थान र नेक एक जोर प्रदान गरिएको वडाध्यक्ष मैनालीले जानकारी दिए ।

वडाध्यक्ष मैनालीका अनुसार हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको हातबाट क्लबका अध्यक्ष बसन्त कुमार ब्लोन, सदस्यहरु राजुकुमार राय, आशिष महतो, श्याम आले, जीवन लामा लगायतको उपस्थितीमा खेल सामग्री क्लबलाई हस्तान्तरण गरिएको छ ।