सर्लाहीका चारवटा पालिकामा अभियानकर्ता परिचालन

अभियानकर्ताहरुलाई अभिमुखीकरण गर्दै कार्यक्रम संयोजक देविका कार्की । (तस्बिर : उज्यालो अभियान)

हरिवन – वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलव्धिमुलक वनाउन जिल्ला स्थित चारवटा पालिकामा अभियानकर्ता परिचालन गरिने भएको छ ।

मलंगवा, हरिवन र वरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा अभियानकर्ताहरु परिचालन गरिने भएको हो । परिचालन हुने अभियानकर्ताहरुलाई तीन दिनसम्म अभिमुखिकरण कार्यक्रम मार्फत प्रश्ट्याईएको छ । नेपाल सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल तथा सामी हेल्भेटासको प्राविधिक सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत ती अभियानकर्ताहरु खटिने भएका हुन् ।

चन्द्रनगर गापाका अध्यक्ष श्री महेन्द महतोको उपस्थितीमा ६ जना अभियानकर्ता, मलंगवा नपाका सामाजिक विकास अधिकृत राजकुमार अधिकारीको उपस्थितीमा ५ जना अभियानकर्ता, वरहथवा नपाका योजना तथा प्रशासन प्रमुख कमल प्रसाद पौडेलको उपस्थितीमा ७ जना र हरिवन नपाका ५ जना अभियानकर्ताहरुसँग छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको आयोजक बागमती सेवा समाजले जनाएको छ । उक्त कार्यक्रममा वागमती सेवा समाज नेपालकी कार्यक्रम संयोजक देविका कार्कीले सामी परियोजनाको वारेमा तथा यस परियोजनाले उपलब्ध गराउने सेवाहरु वैदेशिक रोजगार सम्वन्धि सूचना तथा परामर्श, निशुल्क सीप तालिम, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको वारेमा अभिमुखीकरण गर्नुका साथै वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले उपलब्ध गराउने आर्थिक सहायता तथा छात्रवृत्ति सम्वन्धि प्रस्तुतीकरण गरेकी थिईन् । साथै परियोजनाको उद्देश्यलाई सफल वनाउनका लागी सवै अभियानकर्ताहरुले यस परियोजनाले उपलब्ध गराउने सेवाहरुको वारेमा प्रचार प्रसार गर्ने, वैदेशिक रोजगारीमा जान चाहने यूवाहरुलाई सूचना तथा परामर्श लिन, निःशुल्क सीप तालिममा सहभागी हुन तथा वैदेशिक रोजगारी सम्वन्धि कुनै किसिमको न्यायका लागी यस परियोजनाले संचालन गरेको सुरक्षित आप्रवासन स्रोत केन्द्रमा पठाउने प्रतिवद्धता व्यक्त गरेको संस्थाले जनाएको छ ।