हरिपुरमा गाउँमै गएर पढाई

हरिपुर – जिल्लाका विभिन्न पालिकाहरुमा विद्यालय खुलेपनि हरिपुर नगरपालिकाले भने आफ्नो नगरभित्रको सबै गाँउमा गएर कक्षा संचालन गरिरहेको छ । गत चैत्र देखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा लामो समयदेखि पठनपाठन प्रभावित भएपछि गाउँ–गाउँ गएर कक्षा संचालन गर्न थालिएको हो ।

लामो समयदेखि कक्षा संचालन नहुदाँ विद्यार्थीको पढ्ने बानीमा ह्रास आउने भएकोले यस्तो कक्षा सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । यसरी कक्षा संचालन गर्दा एउटै शिक्षकले विभिन्न कक्षाका विद्यार्थीलाई पठनपाठन गराउन असहज हुनुका साथै विद्यार्थीलाई खानेपानि तथा शौचालयको समस्या हुने गरेको शिक्षक रामऔतार चौधरी बताए ।

हाल हरिपुर नगर भित्र रहेको १५ सामुदायिक विद्यालय र ७ मदरसा गरी करीब एक सय स्थानमा सिकाई केन्द्र बनाएर कक्षा संचालन भईसकेको नगरपालिकाले जनाएको छ । यसरी कक्षा संचालन हुँदा विद्यार्थी तथा अभिभावक दुवै खुशी भएको पाइएको र साथ समेत राम्रो पाएको शिक्षा शाखा प्रमुख नागेश्वर रायले जानकारी दिए ।

यसरी कक्षा संचालन हुदाँ अभिभावक समेत खुसि भएको पाईन्छ । लामो समयको लकडाउनबाट प्रभावित बनेको शिक्षा क्षेत्र धेरै दिन पछि संचालन हुँदा आफूहरुलाई खुशी लागेको अभिभावकहरुले बताएका छन् ।