राईटरखोरमा सामुदायिक भवन निर्माण, सांसद साहद्वारा उद्घाटन

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा निर्माण भएको सामुदायिक भवनको सोमवार उद्घाटन गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ लागतमा निर्माण भएको सामुदायिक भवनको सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले उद्घाटन गरेका हुन् । स्थानीय रामबहादुर कार्कीले उपलब्ध गराउनु भएको जग्गामा निर्माण गरिएको सामुदायिक भवनमा बैठक, छलफल, अन्तक्र्रिया लगायतका सामाजिक काममा प्रयोग गरिने छ ।

भवन निर्माण समितिका अध्यक्ष रामबालक साहको अध्यक्षतामा आयोजित भवन उद्घाटन समारोहमा जनता समाजवादी पार्टीको तर्फबाट नगर प्रमुखका प्रत्यासी योगनारायण चौधरी, सोही पार्टीका नेताहरु रामनरेश साह, राजकिशोर साह, कौशल महतो, जिनिस महतो, परीक्षण साह, इन्दल सहनी, गणेशी साह लगायतको आतिथ्यता रहेको थियो ।