लालबन्दीमा १८२ जनाले गरे रक्तदान

लालबन्दी – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा आज (शनिवार) १८२ जनाले रक्तदान गरेका छन् ।

कोरोना संक्रमणले गर्दा रगतको बढ्दो अभाव टार्न थोरै भएपनि टेवा पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । शनिवार बिहानैदेखि साँझ अबेरसम्म आयोजित रक्तदानमा १८२ जनाले उल्लाहका साथ सहभागी भई रक्तदान गरेका लायन्स क्बल अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

लायन्स क्लब लालबन्दी सिटी तथा लियो क्लबको आयोजनामा भएको रक्तदान शिविर राख्न रणशेर गण पाँचकुमारी ब्यारेकले समेत सहयोग गरेको थियो । शिविरमा रक्तदान गर्न आएका व्यक्ति, स्वयंसेवक र अन्यलाई ७ सय थान मास्क समेत वितरण गरिएको न्यौपानेले बताए । उनका अनुसार संकलित रगत रेडक्रस जनकपुर पठाइएको छ ।